१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री थापा र युएनएचसिआरका एसिया निर्देशकबीच भेटवार्ता

काठमाडौं - गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) का एसिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्ग्या लगायतका शरणार्थीको विषयमा केन्द्रीत रहेको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र पुर्नस्थापनाका लागि युएनएचसीआरले गरीरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे। भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुनर्स्थापना कार्यक्रम सफल भएको बताउँदै गृहमन्त्री थापाले बाँकी रहेका करिब ६ हजार पाँच सय भुटानी शरणार्थीहरुका सम्बन्धमा समेत छिट्टै समाधान निस्कने विश्वास व्यक्त गरे। उनले शरणार्थीको अधिकारको विषयमा नेपाल सरकार गम्भिर रहेको बताए।

निर्देशक रातवत्तेले शरणार्थीका विषयमा नेपालले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउँदै बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारसँग मिलेर काम गर्न युनएनएचसिआर तयार रहेको बताए।

प्रकाशित: ३० कार्तिक २०७५ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App