१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सफ्ट टेनिस टोली कोरिया प्रस्थान

काठमाडाैं - तेश्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार दक्षिण कोरियाको सुनचियोन प्रस्थान गरेको छ।

नोभेम्बर १८ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष तथा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुष खेलाडीमा युकेश योञ्जन, रनिश तामाङ, आशिष बोहरा, वृजेश पाण्डे, शुभम् खनाल र योगेशकुमार भण्डारी रहेका छन्। महिलामा श्रेया राई, भावना पनेरु, अभिलाषा लामिछाने र आभना कार्की छन्।

अफिसियलमा नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाह, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, मुकेश श्रीवास्तव र अरुणप्रकाश सिंह तथा प्रशिक्षकमा अभिषेक कार्की र राजकुमार थापा छन्। अन्तर्राष्ट्रिय रेफ्री विकाससिंह ठकुरी तथा राष्ट्रिय रेफ्री सन्तोष कर्माचार्य पनि टोलीसंगै कोरिया गएका छन्।

प्रकाशित: ३० कार्तिक २०७५ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App