१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पीडितलाई न्याय दिने सवालमा चनाखो बन्नुस् : प्रधानन्यायाधीश मिश्र

जुम्ला - प्रधानन्यायाधीश ओम प्रकाश मिश्रले पीडितलाई न्याय दिने सवालमा चनाखो बन्न निर्देशन दिएका छन्। जुम्ला स्थित उच्च अदालत सुर्खेत जुम्ला ईजलास र जिल्ला अदालत जुम्लाको निरिक्षण गर्ने क्रममा मिश्रले अदालतका कर्मचारी, सरकारी वकिल, निजी वकिल र कार्यालय प्रमुखहरुसँगकाे भेटघाटमा कानुनी जटिलतालाई समन्वय र सहकार्यका माध्यमवाट सल्टाउदै पीडितलाई न्याय दिने सवालमा चनाखो रहन आग्रह गरेका हुन्।

उनले अदालतको आन्तरिक प्रशासन, कर्मचारीको अवस्था र भौतिक संरचनाको समेत निरिक्षण गरेका हुन्। बिहान रारातालको अवलोकन गर्दै नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुगेका प्रधानन्यायाधीश मिश्रले न्यायालयमा काम गर्न चुनौतिकपूर्ण भएकोले उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलार्इ निर्देशन दिए।

प्रधानन्यायाधिश मिश्रकाे निरिक्षणको फोटो खिच्न पत्रकारलाई निषेध गरिएको थियो। समाचार संकलन गर्न अदालत परिसर पुगेका सञ्चारकर्मीलाई प्रधानन्यायाधिशको फोटो खिच्न नपाउने आदेश आएको भन्दै फर्काइएको थियो।

 

प्रकाशित: ३० कार्तिक २०७५ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App