१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सहकारीलाई एक्साभेटर सहयोग

काठमाडौं – कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेड जापान र कोबेल्को कन्सट्रक्सन इक्विप्मेन्ट इन्डिया प्रालिले दुईवटा जापानी कम्पनीहरु– तोहोकु कुरोसावा केन्सेत्सु कम्पनी प्रालि र हासिमोतो केन्की कम्पनी लिमिटेड–ले मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीलाई सहयोग स्वरुप उपलब्ध गराएको एसके३५एसआर–६ मोडलको एउटा कोबेल्को मिनी एक्साभेटर र एउटा हाइड्रोलिक रक ब्रेकर हस्तान्तरण गर्न बिहीबार एक कार्यक्रम आयोजना गरेका छन्। ती कम्पनीहरुले नेपालमा परोपकारी कार्यका लागि ती उपकरणहरु निःशुल्क उपलब्ध गराएका हुन्।

ताहोकु कुरोसावा केन्सेत्सु कम्पनी लिमिटेड जापानको निर्माण कम्पनी हो । कम्पनीका सिइओ मासायुकी सातोले नेपालमा किन्डरगार्टन स्थापना र पानी आपूर्तिसम्बन्धी काम सहयोगको रुपमा गर्दै आएका छन् । नेपाली समाजलाई थप योगदान होस् भनेर सातो र उनको कम्पनीले एक थान कोबेल्को मिनी एक्साभेटर एसके३५एसआर–६ प्रदान गरेको हो।

मिनी एक्साभेटरका अलाबा हासिमोतो केन्की कम्पनी लिमिटेडले सोही एक्साभेटरमा लाग्ने एक थान हाइड्रोलिक रक ब्रेकर पनि निःशुल्क उपलब्ध गराएको छ । कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेडले उक्त मेसिनको ढुवानी र भन्सारसम्बद्ध खर्च बेहोरेको जनाएको छ।

उक्त समारोहमा पाल्पा र मित्यालका दुर्गम क्षेत्रका बासिन्दाको सेवामा जीवनका अढाइ दशक बिताएका ओके बाजेले मेसिन बुझिलिएका थिए । स्थानीयबासीको जीवनस्तर उकास्नेसम्बन्धी कामका लागि बाजे प्रख्यात छन् । समारोहमा कोबेल्को इन्डिया र पूजा कन्सट्रक्सनका प्रतिनिधि पनि सहभागी थिए । उक्त मेसिनको बिक्रीपछिको सेवा पूजा कन्सट्रक्सनले उपलब्ध गराउँछ । यतिबेला नेपालमा सात सयभन्दा बढी कोबेल्को एक्साभेटर सञ्चालनमा छन, जसलाई पूजा कन्सट्रक्सन नेपाल प्रालिले सहयोग गरेको छ । पूजा सबै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छ।

पत्रकार सम्मेलनमा कोबेल्को कन्सट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिको नेपाल बिजनेस हेर्ने जिएम योगेश खुरानाले भने, ‘हामी परोपकारी कार्यको लागि आयोजना गरिएको यो समारोह र नेपालको दुर्गम इलाकामा मानवीय काम गर्दै आएको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीको एक हिस्सा हुन पाउँदा निकै खुसी छौं।’

प्रकाशित: ३० कार्तिक २०७५ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App