१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मौलिक संस्कृति जोगाउदै स्थानीय सरकार

बुटवल—बुद्ध मावली देवदह १० भलुहीकी  शान्ती श्रेष्ठलाइ तिहार सबैभन्दा बढी मन पर्ने पर्व हो। तर तिहारका बेला देउसी  भैलोको नाममा  बिहानै देखि मध्य रात सम्म क्यासेटका रेडिमेडगीत चर्को स्वरमा बजाइएका स्पिकर र डाङडाङ डुङडुङले उनलाइ दिक्क बनाउथ्यो। ठुल्ठुला स्वरमा क्यासेट घन्काएर जबरजस्ती धेरै पैसा असुल्ने प्रवृत्तिले तिहारलाइ खल्लो बनाएको महशुस हुन्थ्यो। तर यसपाली उनको नगर देवदहमा त्यस्ता गतिविधि हुन पाएनन्। ‘यसपटकको तिहारमा देउसी भैलोको नाममा उच्छृङखल गतीविधि भएनन्। भैलो खेल्नेले मुखैले गीत गाएर नाँचे । भाइटिकाको महत्व गीतबाटै सुनाए । कात्तिके दान जति दियौं खुसी भएर लिए’ शान्तीले भनीन।

देवदह ७ शित्तलनगरका खडानन्द भण्डारीको टोलमा पनि  पोहोरपरार जस्तो यो बर्ष देउसी भैलोको नाममा हिन्दी गीत बजाएर नाच्ने राती अबेर सम्म हो–हल्ला गर्दै दिड्ने टोली देखिएनन्। ‘भैलो खेल्न आउनेहरुले परम्परागत शैलीमै देउसीरे गाए,भैलो भट्याए’ भण्डारी भने। तिहारको महत्व झल्काउने मौलिक देउसी भैलोको गीत, नाँच हेर्दा आनन्द लागेको र दक्षिणा पनि मन फुकाएर दिएको उनले बताए। बिगतका बर्षहरुमा देउसी भैलोको नाममा वल्लो पल्लो टोलका युवाहरु बिच लडाइ झगडा भएको स्मरण गर्दै भण्डारीले यसपाली त्यस्ता घटना नदोहोरीएकोमा खुसीव्यक्त गरे।

पछिल्लो समय देउसी भैलोमा क्यासेटका रेडिमेड गीत संगीत हावी हुँदै जाँदा  तिहारको मौलिक संस्कृति हराउदै जाने चिन्ता बढेपछि रुपन्देहीको देवदहमा स्थानीय सरकार नै संस्कृति संरक्षणमा जुट्यो। तिहारको साँस्कृतिक  महत्व तथा देउसी भैलोको मौलिकतालाइ जोगाउदै ध्वनी प्रदुषणलाई रोक्न देवदह नगरपालिकाले क्यासेटका गीत बजाएर  भैलो खेल्न नपाउने नियम लागु गरेको हो। देउसी भैलोका मौलिक गीत हराउँदै जान थालेकाले तिहारको साँस्कृतिक महत्वलाई जोगाउन यस्तो नियम लागु गरीएको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले बताए। ‘परम्परागत रुपमा खेलिने मौलिक देउसी भैलोलाई प्रोत्साहन गर्नु र अवाञ्छित गतिविधि हुन नदिनु मुख्य उद्येस्य हो’ मेयर खत्रीले भने।

यो बर्षदेवदहमा देउसी भैलोका कार्यक्रम नगन्य भएको भन्दै बिक्रिती रोक्न खोज्दा संस्कृति नै लोप हुन सक्ने तर्फपनि सचेत रहन स्थानीय बुद्धिजिवीले नगरपालिकलाई आग्रह पनि गरेका छन्। राममणी बहुमुखी क्याम्पस मणिग्रामको समाजशास्त्र बिभाग प्रमुख उप–प्राध्यापक ताराप्रसाद पराजुलीले नगरपालिकाले गर्नेनिर्णयहरु बैज्ञानिक ढंगबाट गरीनु पर्नेमा जोडदिए। ‘मौलिकता जोगाउन पहल गर्नु राम्रो हो । तर प्रविधि, माइक,स्पिकर प्रयोग नगर क्यासेटका गीतै नसुन भन्नु समाजशास्त्रीको आखाँबाट त्यती जायज देखिदैन।’  ‘यस्ता निर्णयलाई बैज्ञानिक ढंगले लगिएन भने मौलिक संस्कृति हराउन पनि सक्छ’ उपप्राध्यापक पराजुलीले भने।

 

प्रकाशित: २९ कार्तिक २०७५ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App