१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इजरायल र अफ्रिकाका राजदूत फिर्ता बोलाईए

काठमाडौ–सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर अञ्जान शाक्यलाई नयाँ राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।

यही कार्तिक २५ गते बसेको मन्त्रीपरिष्दको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले साे जानकारी गराए। राप्रपाका नेता थापालाई प्रचण्डको प्रधानमन्त्रीकालमा राजदूत नियुक्त गरिएको थियो। त्यस्तैगरी अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको छ।

उनहरुलाई तीन साताको म्याद दिइएको छ। सरकारले त्यही दिन भारतका लागि नेपाली राजदूतमा निलाम्बर अाचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको छ। 

सरकारले पूर्व राजा स्व विरेन्द्र वीरविक्रम शाहको नाममा रहेको विभिन्न जग्गा नेपाल ट्रस्टअन्तरगत ल्याएको छ। बास्कोटाका अनुसार तत्कालीन राजाको मृत्युहुँदाका बखत उनका नाममा रहेका जग्गाहरु नेपाल ट्रस्टको नाममा ल्याइएको हो। निर्णयअनुसार गोकर्णमा रहेको ७० रोपनी ९ आना, कमलादीमा रहेको १४ आना र मध्यपुर थिमीमा रहेकोसमेत गरी ७१ रोपनी जग्गा ट्रस्टका नाममा ल्याइएको हो।

साथै सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ ।

प्रकाशित: २९ कार्तिक २०७५ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App