१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सुएलेन ‘चाइल्ड आइकन’

काठमाडौं – राजधानीमा मंगलबार साँझ सम्पन्न नवौं संस्करणको ‘चाइल्ड आइकन’को उपाधि युरो स्कुलमा अध्ययनरत सुएलेन फगामी पुनले जितेकी छिन्। मिडिया ल्याण्डले आयोजना गरेको प्रतियोगिताको शीर्ष उपाधिसँगै उनले १ लाख रुपैयाँसँगै ५ दिने सिक्किम र दार्जिलिङ भ्रमणको अवसर पनि पाएकी छन्।

प्रतियोगितामा सिनियरतर्फ राजश्री गुरुकुलका साइन अमगाइ ‘फस्र्ट रनर अप’ र युरो स्कुलकी आयुष खनाल ‘सेकेन्ड रनर अप’ भए। जुनीयरतर्फ युरो स्कुलका आर्जन गेलाल ‘फस्र्ट रनर अप’ र सोही स्कुलकी आयुशीश्री घिमिरे ‘सेकेन्ड रनरअप’ बनिन्। ‘फस्ट रनर अप’ र ‘सेकेन्ड रनरअप’का विजेताहरूले विभिन्न उपहारसहित लुम्बिनी र पोखरा भ्रमणको अवसर पाएका छन् । प्रतियोगितामा सिनियर र जुनियरसहित ८२ जना प्रतियोगी थिए।

प्रतियोगिताको निर्णायकमा ओलम्पियन तथा तेक्वान्दो खेलाडी दिपक विष्ट, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक सुरेश गैरे, कलाकार गजित बिष्ट, संयोग कोइराला, जयन सुब्बा मानन्धर, रोजिन शाक्य, मोडल रजनी थापा, व्युटिसियन सिता पाठक र शोभा महर्जन थिए।

बालबालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले चाइल्ड आईकन प्रतियोगिता आयोजना गर्दै आएको मिडिया ल्याण्डकी प्रबन्ध निर्देशक प्रतिमा श्रेष्ठले बताईन्।
 

प्रकाशित: २९ कार्तिक २०७५ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App