१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छठमा प्रदेश सरकारको साँस्कृतिक कार्यक्रम

विराटनगर-  तराईवासीको महान चाड छठका अवसरमा प्रदेश १ को सरकारले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। बुधबार विराटनगरमा प्रदेश सरकारले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा प्रदेशका विभिन्न जातजातिका संस्कृति झल्कने झाँकीहरू प्रदर्शन गरिएको थियो। विभिन्न जातजातिका भेष भुषा, रहनसहन र परम्पारगत बाजागाजा सहित झाँकीहरू कार्यक्रम स्थलमा आइपुगेका थिए। पूर्वी तराईमा बसोवास गर्ने मधेसी तथा आदिवासी समुदायले बषौंदेखि मनाउँदै आइएको छठ पर्व यतिवेला सबै जातजातिको साझा पर्वका रुपमा स्थापित भइसकेको छ। सूर्यको उपासना गरेर मनाउने छठ पर्व तराईमा वासोवास गर्ने प्रायजसो सबै समुदायले मनाउन थालेपछि  प्रदेश १ कै साझा पर्वका रुपमा स्थापित भइसकेको छ।

सबैको साझा पर्व भएकाले प्रदेश सरकारले विशेष साँस्कृतिक कार्यक्रमको अयोजना गरेको सरकारका प्रबक्ता हिक्मतकुमार कार्कीले बताए। प्रदेश १ का  विभिन्न जिल्लाबाट सर्वसाधारणको सहभागिता रहेको कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, प्रदेश सरकारका मन्त्रीहरू कर्मचारीहरूकोसमेत ठूलो संख्यामा उपस्थित भएका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App