१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भीरबाट लडेर एकको मृत्यु, तीन घाइते

बैतडी - मेला हेर्ने गएका एक युुवकको भीरबाट खसेर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्। सिगास गाउँपालिका–३, को भुमिराज मन्दिर डुडैमा लागेको मेला हेर्न गएका सिगास गाउँपालिका–५, का १९ वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हाे। उनीहरु राती अध्यारोमा भाग्ने क्रममा लडेको हुन सक्ने प्रहरी अनुमान छ। घाइतेको अवस्था भने समान्य रहेको छ।

मंगलबार राती करिब साढे ११ बजे मन्दीर भन्दा करिब डेढ सय मिटर पर जुवातास खेलिरहेका बेला प्रहरी आएको हल्ला फैलिएपछि भाग्ने क्रममा भीरबाट खसेर चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए। घटनापछि पाटन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वकाे प्रहरी टोली घटनास्थल गएको र मृतककाे शव पोष्टमार्टमको लागि ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: २८ कार्तिक २०७५ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App