२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागी हुँदा घर जल्यो

खोटाङ– आगलागी हुँदा खोटाङमा घर जलेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका राजकुमार राईको घर जलेर नष्ट भएको हो। मंगलबार राती भएको आगलागीमा राईको पाँच लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

रातको समय आगलागी भएको र पानी अभावका कारण आगोबाट घर तथा घरमा भएका थोकबस्तु जोगाउन नसकिएको स्थानीयले बताएका छन्। आगलागीमा घर जलेसँगै राई परिवारको बिचल्ली भएको छ। अकस्मात घरको धुरीमा देखिएको आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७५ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App