१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु

पाल्पा–पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। 

निस्दी गाउँपालिका–७ ज्यामिरेमा मङ्गलबार राति लु१ख ९२११ नंको टिपर बे्रकफेल भई बिग्रिएर रोकिएको लु१ख १९ नंको टिपरको पछाडिएका ढालामा ठक्कर खाई सडकमा पल्टिँदा चालक महतो घाइते बनेका थिए।

मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ। निस्दीको भुटुको चुनढुङ्गाखानीबाट नवलपरासीको सर्दी जाने लोड टिपरको ब्रेकफेल हुन पुगेको हो। 

यसैगरी आज बिहान पाल्पा जिल्ला सदरमुकाम तानसेनको हुलाङदीमा लु१च ९८२२ नंको उकालो चढ्न नसक्दा दुर्घटना भएको छ । पिकअप दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ओभरलोडका कारण उकालोमा चढ्न नसकेर ब्याक हुँदा सडकमा रोकिएको अवस्था रहेको बा१५च ३८३१ स्कारपियोमा क्षति भएको छ। तानसेनको हुलाङदीदेखि विशाल बजारतर्फ जाने क्रममा दुर्घटना भएको हो।रासस

प्रकाशित: २८ कार्तिक २०७५ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App