१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोका कारण दिनमा घर, रातमा स्कुल बास

खोटाङ-पहिरोका कारण बिस्थापित बनेका खोटाङको दक्षिणी गाबिस सुन्तले–४ भाङ्टारका ९ परिवार अझै घर फर्कन सकेका छैनन् । वर्षाका कारण पहिरोले गाउँ तान्न थालेपछि गत बुधबारदेखि बिस्थापित ९ घरका ६६ जना स्थानीय जनचेतना प्राबिमा आश्रय लिएर बसिरहेका छन् ।

पहिरोले चन्द्रीमायाँ मगर, कर्णबहादुर मगर, कुलबहादुर मगर, बिष्णुमायाँ मगर, गेदे मगर, छबिलाल मगर, रणबहादुर मगर, मैतसिं तामाङ र गोबिन्द तामाङको परिवार बिस्थापित छन् ।

बिस्थापित परिवार बिहान उज्यालो भएपछि घरायसी कामकालागि घरमा जाने र साँझ परेपछि स्कुलमा आएर बास बस्ने गरेको स्थानीय युवराज मगरले बताए । भाङ्टारको उत्तरतर्फ करिब ५ सय मिटरमुनिबाट मंगलबारदेखि ३-४ सय मिटर फराकिलो पहिरो गएपछि उनीहरु बिस्थापित भएका हुन् । पहिरोको असरले सिंगो गाउँमा धाँजा फाटेकाले कतिपय घरहरु नै भासिएर ढल्किएकाले बिस्थापित परिवार घर फर्केर ढुक्कले बस्न सक्ने अवस्था छैन । चिसो र अव्यवस्थित बसोबासका कारण बालबालिका र बृद्धबृद्धा बढि प्रभाबित छन् ।

वर्षा केही कम भएपनि जताततै धाँजा फाटेको र जमिन धस्सिएकाले बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।

प्रकाशित: ९ आश्विन २०७३ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App