दोहोरो सुविधाको मस्तीमा पूर्वराष्ट्रसेवक

लाभको पदमा लालची

बुधबार, २८ कार्तिक २०७५, ०७ : ३० दीपेश केसी

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले २०७२ सालयता पदमा रहुन्जेल निवृत्तिभरण (पेन्सन) लिएनन् । पदावधि सकिनेबित्तिकै निवृत्तिभरण व्यवस्थापन कार्यालय पुगेर विगतमा रोकेको पेन्सनबापत एकमुष्ट आठ लाख रुपैयाँ बुझे । २०७१ सालदेखि लाभको पदमा रहुन्जेल सामाजिक सुरक्षाका लागि दिइने निवृत्तिभरण नलिएको देखाउने तर पदबाट हटेपछि खुसुक्क निवृत्तिभरण लिन जाने शैली बस्न्यातले देखाए।

लाभको पदमा रहँदै निवृत्तिभरण नछाड्नेहरूको संख्या उत्तिकै छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबाहेक संवैधानिक निकायमा नियुक्ति पाएका पूर्वकर्मचारीले निवृत्तिभरण बुझ्दै आएका छन् । पौडेल पूर्व मुख्यसचिव र मैनाली पूर्व सचिव हुन्।

पूर्व उपराष्ट्रपतिसमेत रहेका परमानन्द झाले पूर्वन्यायाधीशका रूपमा निवृत्तिभरण बुझ्नुका साथै सरकारले पूर्व उपराष्ट्रपतिलाई दिइआएको सेवा सुविधासमेत लिँदै आएका छन्।

पूर्व प्रधानन्यायाधीशसमेत रहेका राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निरन्तर निवृत्तिभरण बुझ्दै आएका छन् । आयोग अध्यक्षका रूपमा उनले पाउने तलबभत्ता पनि लिइरहेकै छन् । निवृत्तिभरण व्यवस्थापन कार्यालयको रेकर्डअनुसार अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, सदस्य डा. गणेशराज जोशी, लोकसेवा आयोगका सदस्य वृन्दा हाडा भट्टराई, डा. गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, कानुन आयोगका माधव पौडेल, भाषा आयोगका लवदेव अवस्थी, महालेखा परीक्षक टंकमणि शर्मा, निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, सुधीरकुमार शाह, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटालगायत पूर्वकर्मचारीले निवृत्तिभरण र आयोगमा रहेर तलबभत्ता समेत गरी दोहोरो सेवासुविधा लिइरहेका छन्।

पूर्व मुख्यसचिव विमल कोइराला दोहोरो सेवासुविधा लिनबाट वञ्चित गर्ने गरी दीर्घकालीन नीति बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘संसद्बाट ऐन बनाएर जाँदा दोहोरा सेवासुविधा लिने प्रवृत्तिमा पूर्णविराम लाग्न सक्छ ।’ संवैधानिक आयोग र सरकारी निकायमा नियुक्ति पाउनेको भन्दा निजी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने पूर्वकर्मचारीको संख्या बढी छ । आकर्षक तलब पाउँदै आएकाहरूले निवृत्तिभरण छाडेका छैनन् । संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी नियोग र नाम चलेका व्यावसायिक संस्थामा पूर्वकर्मचारीहरू आकर्षक तलबमा काम गर्दै आएका छन् । कानुनले नरोकेको र सरकारले समेत होस नपु¥याएकाले उनीहरू तलब र पेन्सन दुवै बुझ्छन्।

तलब र निवृत्तिभरण एकसाथ लिनु गैरकानुनी नभएको ठहर सर्वोच्च अदालतको फैसलाले देखाए पनि यो प्रवृत्तिमा नैतिकताको प्रश्न उठ्ने गर्छ । पूर्व मुख्यसचिव कोइराला नैतिकतामा ह्रास आएपछि जसरी हुन्छ सुविधामात्र खोज्ने प्रवृत्ति हाबी हुने बताउँछन् । उनी भन्छन्, ‘दोहोरो सेवासुविधा लिनेले लिन खोज्छ, तर दिनेले रोक्नुपर्छ ।’

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारी निवृत्तिभरणलाई सामाजिक सुरक्षाको विषय भन्छन् । उनी भन्छन्, ‘कानुनले तलब र पेन्सन एकसाथ लिन मिल्दैन भनेको छैन तर सिद्धान्ततः अन्य तलब पाए पेन्सन लिन मिल्दैन ।’ पेन्सन लिइरहेको बखत अन्य सेवासुविधा पाए जुन धेरै हो त्यो मात्र लिने परम्परा विदेशमा रहेको उनको भनाइ छ।

निजामती सेवामा काम गरेर पुनः सरकारी नियुक्ति पाउनेहरूले निवृत्तिभरणसहित तलब पनि बुझ्ने प्रवृत्तिमा रोक लगाउन सरकारले नीति बनाए पनि असफल भएको छ । २०६१ कात्तिक १८ गते मन्त्रिस्तरबाट निर्णय भई समान्य प्रशासन मन्त्रालयले २०७१ कात्तिक १८ गते परिपत्र तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही वर्ष कात्तिक २१ मा दोहोरो सुविधा नदिन निर्देशन दिएको थियो । यो निर्णयविरुद्ध लोक सेवा आयोगका तत्कालीन अध्यक्ष कयोदेवी यमी, तत्कालीन सदस्यद्वय टीकादत्त निरौला र राजेन्द्रप्रसाद साह सर्वोच्चमा रिट दायर गर्न पुगे । सर्वोच्चले २०७३ पुस १९ गते रिट निवेदकका पक्षमा फैसला गरेपछि सबै सुविधा प्रदान गर्न सरकार बाध्य भएको थियो।

मन्त्रिपरिषद्ले २०७२ माघ ८ गते सार्वजनिक लाभको पदमा अथवा सरकारी सेवामा मासिक पारिश्रमिक पाउने गरी नियुक्ति हुने पदाधिकारीले मासिक पारिश्रमिक वा निवृत्तिभरणमध्ये जुन बढी हुन्छ सोही सुविधा रोजेर लिने र सार्वजनिक लाभको पदमा बहाल रहुन्जेल कुनै पदाधिकारीले पारिश्रमिक र निवृत्तभरणको दोहोरो सुविधा उपभोग गरिरहेको रहेछ भने यी दुईमध्ये कुनै एक सुविधबापत प्राप्त गरेको रकम सरकारी कोषमा दाखिला गरिसकेपछि मात्र पहिला गरेको सेवा हालको सेवामा जोड्न मिल्ने गरी निर्णय ग¥यो । यो निर्णयले सरकारको उच्च पदमा पुगेर पुनः लाभको पदमा पुगेकालाई पिरल्यो । कतिपय उच्च सरकारी अधिकारीहरू भविष्यमा संवैधानिक आयोगमा नियुक्ति पाउँदा पेन्सन रोकिने भएपछि विपक्षमा लागे । सर्वोच्च अदालतको फैसला उनीहरूकै पक्षमा गयो।







यसमा तपाईको मत


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...