१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं–लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक अाज भने दोहोरो अंकले बढेको छ। परिसूचक १३.९४ अंकले बढेर १२ सय ७.३१ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कुल १५० कम्पनीका ६ लाख ५५ हजार २५९  कित्ता शेयर खरिद बिक्री हुँदा १७ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ।समूहगत कारोबारतर्पm वित्त बाहेक सबै समूह सूचक बढेका छन्। सबैभन्दा धेरै जीवन बिमा सूचक ७७ अंकले बढेको छ भने निर्जीवन बिमा समूह ७५ अंकले बढेको छ। बैंकिङ समूह १४.६९ अंकले बृद्दि भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै १ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएका छन्। अपि पावर कम्पनीको १ करोड १६ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

 

प्रकाशित: २७ कार्तिक २०७५ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App