१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स–बयोधा सहकार्य

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खुस्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका सञ्चालन विभागका जनरल म्यानेजर उत्तम थापाले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । अब सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डबाहक र कर्मचारीले बयोधा हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकले ८० शाखा, ७५ एटिएम र ९९ शाखारहित बैंकिङ एकाईबाट करिब तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७५ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App