१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोटाङमा अग्नीपीडितलाई सहयोग

खोटाङ दिक्तेलका आगलागीपीडितका लागि राहत संकलन गरिँदै । तस्बिर : नागरिक

खोटाङ – खोटाङ उद्योग वाणिज्य संघले दिक्तेलका अग्नीपीडितलाई राहत दिएको छ । यही कात्तिक २३ गते भएको आगलागीमा सर्वस्व गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठलाई वाणिज्य संघले ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो।

यस्तै, सिद्धलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले पनि आगलागीपीडित आफ्ना दुई सेवाग्राहीलाई आर्थिक सहयोग गरेको छ । आगलागीपीडित रमेश खत्री र भावनादेवी श्रेष्ठलाई जनही ७ हजार ५ सय रुपैयाँका दरले सहयोग गरेको हो।

अग्नीपीडितका लागि सहयोग अभियान

दिक्तेलका आगलागी पीडित परिवारका लागि विभिन्न संघसंस्थाले राहत संकलन अभियान सुरु गरेका छन् । आगलागीबाट सर्वस्व गुमाएका र विस्थापित भएकाहरूको सहयोगका लागि दिक्तेल बजार सामाजिक गुठीको अगुवाइमा उद्योग वाणिज्य संघ, रेडक्रस, नेपाल चेम्बर्स अफ कमर्स, नेवा देय दबु, नेपाल सितोरियो कराते संघ, साइनो कला केन्द्र, दिक्तेल फुटबल एकेडेमी, विभिन्न सहकारी संस्था तथा टोल सुधार समितिले संयुक्त रूपमा सहयोग संकलन सुरु गरिएको हो । अभियानको पहिलो दिन आइतबार २ लाख ८२ हजार रुपैयाँभन्दा बढी संकलन भएको अभियन्ताहरूले बताएका छन्।

प्रकाशित: २७ कार्तिक २०७५ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App