१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसद दुलाल चढेको गाडीमा ढुंगा प्रहार

काठमाडौं – प्रदेश तीनका पूर्वमन्त्री केशव स्थापितलाई भेटेर फर्कंदै गरेका दुई प्रदेश सांसद चढेको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौं महानगरपालिका ६ बौद्ध महांकाल पानीट्याङकी नजिक सडकमा प्रदेश नम्बर ३ का सांसद गणेश दुलाल सवार बा१९च ४९८ नम्बरको गाडीमा ढुंगा प्रहार गरिएको थियो।

सोमबार बिहान स्थापितलाई भेटेर फर्कंदै गर्दा उनी चढेको गाडीमाथि ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ । ढंगा प्रहार गर्ने व्यक्तिलाई महानगरीय प्रहरी बौद्धको टोलीले पक्राउ समेत गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा उदयपुर लामिटार घर भई काठमाडौं महानगरपालीका ६ महांकाल बस्ने वर्ष २० को पासाङ दोर्जे शेर्पा रहेका छन्।

ढुंगा प्रहरबाट बा१९च ४९८ नम्बरको गाडीको आगाडीको शिशा चर्केको छ । त्यस्तै, काठमाडौं रामहिटी पिपलबोट बस्ने वीरबहादुर लामाको बा३च ९७१९ नम्बरको गाडीमा पनि शेर्पाले ढुंगा प्रहार गरेका थिए । सो गाडीको आगाडीको शिशा फुटेको छ । निजलाई बा४४प २७७१ नम्बरको डिस्कभर मोटरसाइकलसहित नियन्त्रणमा लिर्ई अनुसन्धान भइरहेको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ।

डिप्रेसनका रोगी शेर्पाले गाडीले आफूलाई किच्ला जस्तो लागेका कारण खल्तीमा रहेको ढुंगा प्रहार गरेको बयान दिएका छन् । आयुक्त कार्यालयका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार उनलाई आवश्यक कानुनी कारबाही गरिनेछ।

प्रकाशित: २७ कार्तिक २०७५ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App