छठको स्वागतमा राजधानी

मङ्गलबार, २७ कार्तिक २०७५, ०९ : ४२ उपेन्द्र लामिछाने

काठमाडौं – गुह्येश्वरीस्थित बागमती किनारमा हरेक वर्षझैं यसपटक पनि बाँसको अस्थायी पुल बनेको छ । नदीको दुई किनारमा बसेर छठीमाईको पूजा गर्ने भक्तालुका लागि ओहोरदोहोर गर्न सहज होस् भनेर कामचलाउ साँघु बनाइएको हो । राजधानीमा विगत डेढ दशकदेखि मनाइँदै आएको छठले पहाडी र मधेसी समुदायलाई जोड्ने ‘पुल’ को काम गरेको छ।

परिवारको सुखशान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पर्व पछिल्ला वर्षमा सामुदायिक र धार्मिक सद्भावको साझा पर्व बन्न थालेको छ । एक÷डेढ दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बीमा सीमित छठ पछिल्लो समय पहाडी समुदायसँगै अन्य धर्मावलम्बीको समेत पर्व बनेको छ।

बागमती किनारमा छठ पर्व मनाउनेको नाम सूची हेर्दा पहाडी समुदायको उपस्थिति बढ्दै गएको देखिन्छ । गौरीघाट छठ पूजा समितिका अनिल सिंहले पाँच सय ५० पूजास्थल बुकिङ भइसकेको जानकारी दिए । ‘समग्रमा पैंतीस प्रतिशत जति पहाडी समुदायका छन्,’ उनले भने, ‘यहाँ त मुस्लिम समुदाय सहभागी छ।’

छठ मनाउनेको सूचीमा महतो, भट्टराई, महत, गुप्ता, रौनयार, पासवान, कोइराला, अग्रवाल, ओली, ढकाल, मैनाली, पण्डित, ठाकुर थरका धेरै छन् । ‘सूर्य भगवान् सबैका साझा हुन्,’ सिंहले भने, ‘पर्व मनाउने पनि सबै समुदायका छन् ।’ छठको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

राजधानीको कमलपोखरी क्षेत्रमा पनि छठको तयारी अन्तिम चरणमा पुगेको छ । ब्रतालुका लागि त्रिपाल राख्ने कामसँगै झिलिमिली बत्ती जडान गर्ने काम भइरहेको छ । कमलपोखरीमा छठ मनाउन तीन सयभन्दा बढी परिवार सहभागी हुने रामनरेश चौधरीले जानकारी दिए । ‘ब्रतालु बस्ने ठाउँ मात्र तीन सयभन्दा बढी हो,’ उनले भने, ‘तिनका आफन्त र सर्वसाधारणको भीडले यहाँको रौनक झनै बढाउँछ ।’ छठको सामाग्री किनमेलका लागि कालीमाटीमा पनि उपभोक्ताको भीडले बढेको छ।

सुनसरी घर भई चाबहिल बस्दै आएकी निर्मला ठाकुर र काभ्रे घर भइ चाबहिल बस्दै आएकी अंशु गिरीले विगत चार वर्षदेखि सँगै छठ मनाउँदै आएका छन् । ‘यसपटक पनि किनमेल सँगै गर्यौं ’ ठाकुरले भनिन्, ‘पूजा पनि सँगै गर्छौं।’

उपत्यकामा करिब आठ दशकअघि टंकेश्वरको विष्णुमती नदी किनारमा सीमित व्यक्तिले छठ पर्व मनाउन सुरु गरेको अनुमान छ । अहिले भने उपत्यकाका दुई दर्जनभन्दा बढी स्थानमा छठपूजा हुने गर्छ । छठ पूजाका लागि कालीमाटी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायत स्थानमा सिंगारिएका छन् । भूकम्पपछि रानीपोखरी पुनर्निर्माण नहुँदा त्यहाँ छठ पूजा हुन सकेको छैन । विगतमा रानीपोखरी क्षेत्रमा छठ मनाउँदै आएका श्रद्धालु कमलपोखरी तथा गुह्येश्वरी क्षेत्रमा जान बाध्य छन् । ‘सरकारले पोखरी तयार नगरेकाले यसपटक पनि छठ मनाउन समस्या भएको छ,’ रानीपोखरी क्षेत्रमा छठ पर्व मनाउँदै आएका मोहनलाल गुप्ताले भने, ‘आउँदो छठ रानीपोखरीमा मनाउने आशा लिएका छौं।’

त्यस्तै सरकारले टंकेश्वर क्षेत्रमा चासो नदिएको गुनासो विगत लामो समयदेखि त्यहाँ छठ मनाउँदै आएको रौनियार समाजको गुनासो छ । ‘सरकारले केही क्षेत्रमा मात्र बढी चासो दिएको छ,’ सन्तोष रौनियारले भने, ‘सबैभन्दा पुरानो यस क्षेत्र भने उपेक्षा गरिएको छ ।’ सरकारले बेवास्ता गरे पनि समाजले यस क्षेत्रमा सरसफाइ गर्नुका साथै रङरोगन गरी तयारी पूरा गरेको जानकारी उनले दिए।

सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार सुरु भएको छ । आइतबार पहिलो दिन पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना गरिन्छ । त्यस्तै मंगलबार नदी किनारमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै सुरु हुने छठ पर्व बुधबार उदाउँदो सूर्यलाई पूजा गरेसँगै सम्पन्न हुनेछ।

राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
काठमाडौं – काठमाडौं, कात्तिक २६ (नागरिक) –राष्ट्रपति विद्यादेवी भण्डारीले छठसहित पर्वहरुले राष्ट्रिय एकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छन् । छठ पर्वको पूर्वसन्ध्यामा सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मौलिक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ गर्न चाडपर्वले महत्वपूर्ण योगदान पर्याएको दाबी गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको बताएका छन् । स्वदेश तथा विदेशमा रहेका नेपालीलाई छठको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिको शुभकामना व्यक्त गर्दे प्रधामन्त्री ओलीले उल्लेख गरेका छन्, ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात् गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्द्रतामा वृद्धि गरेको छ ।’ ओलीले शुभकामना सन्देशमा अगाडि भनेका छन्, ‘छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ।’

प्रधानमन्त्रीले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मुख्यरुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्लाससाथ मनाइन थालेको भन्दै खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्रीले छठ पर्वको अवसरमा समृद्धि र विकासका लागि सुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइलाई गोलबद्ध हुन अपिल पनि गरेका छन्।

संसारको सम्पूर्ण भौतिक र प्राकृतिक विकास ‘सूर्य’ मा नै आधारित रहेको बताउ“दै प्रधानमन्त्रीले सूर्यको प्रकाशबिना जीवजन्तुको अस्तित्व नरहने उल्ले गर्दै भनेका छन्, ‘पृथ्वीमा ऊर्जाको सबैभन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरतामात्र होइन, सूर्यको उपासना वैज्ञानिक दृष्टिले पनि उपयुक्त छ।’

त्यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शान्त र समुन्नत नेपालमा रूपान्तरणका लागि प्रत्येक नेपालीको काँधमा थप जिम्मेवारी आएको उल्लेख गरेका छन् । ‘लोकतान्त्रिक पद्धतिमा मात्र सबै धर्मको संरक्षण हुने भएकाले लोकतन्त्रको संवद्र्धन र संरक्षणमा सबैको सहयोग, सद्भाव र एकता आवश्यक रहेको छ,’ देउवाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘छठजस्तो पवित्र धार्मिक पर्वले देश र जनताप्रतिको यो जिम्मेवारी वहन गर्न सबैलाई प्रेरणा प्रदान गरोस्।’

छठ पर्वका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सहित विभिन्न दलका नेताले छुट्टाछुट्टै सन्देश जारी गर्दै शुभकामना दिएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad