१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

तस्बिरः सुजन श्रेष्ठ

काठमाडौं– नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता कृष्ण ढकालको रिहाईको माग गर्दै राजधानीलगायत विभिन्न स्थानमा विरोध प्रद्धर्शन गरेको छ। विद्युतीय अपराधअन्तरगत पक्राउ गरिएका ढकालको रिहाइको माग गर्दै राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।
तमेश्वर उच्चमावि काभ्रेका नेविसंघ इकाइ अध्यक्ष ढकाललाई प्रहरीले फेसबुकमा आपत्तिजनक पोष्ट सेयर गरेको अभियोगमा पक्राउ गरेको कार्तिक २१ गते पक्राउ गरेको थियो। कक्षा १२ कक्षामा अध्ययनरत ढकालले कुकुरको शरिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको टाउको जोडिएको तस्बिरसहितको पहिचान नखुलेका व्यक्तिको फेसबुक पोष्ट शेयर गरेको बताइएको छ। 
प्रहरीले ढकाललाई विद्युतीय अपराध ऐन अन्तरगत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ।
नेविसंघले पक्राउ गरिएका ढकाललाई तत्काल रिहा नगरिए चरणवद्द आन्दोलनमा उत्रने चेतावनी नेविसंघले दिएको छ। नेविसंघका पूर्व केन्द्रिय सदस्य भगवान अधिकारीले ढकाललाई बदनियतबस पक्राउ गरिएको आरोप लगाए।‘ गल्ती महशुस गरेर तत्काल पोष्ट डिलिट गरे पनि सञ्चारमन्त्री बास्कोटाले गाँउको राजनीतिक प्रतिशोघ साधेर यस्तो काम गराएका हुन,’ अधिकारीले भने,‘ उनलाई रिहा नगरे हामी सबै नेविसंघ कार्यकर्ताले आन्दोलन स्वरुप त्यो पोष्ट शेयर गर्नेछौ।’
नेविसंको आह्वानमा हिजो र आज काभ्रेका सबै विद्यालयमा पठन पाठन बन्द गराइएको छ भने आज दिउसो बनेपा धुलिखेल लगायतका सडक क्षेत्रमा प्रधानमन्त्रीको पुत्ला जलाइएको थियो।

 

प्रकाशित: २६ कार्तिक २०७५ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App