१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री राईको भ्रमण ‘विवाद’ मा

विराटनगर - प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ। उपचारका लागि थाइल्यान्ड गएका राई त्यहाँबाट अमेरिका पुगेका छन्। अमेरिका जानेबारेमा राईले संघीय सरकारबाट स्वीकृति लिए÷नलिएको विषयमा स्पष्ट हुन नसकेका कारण उनी विवादमा परेका हुन्। पराराष्ट्र मन्त्रालय स्रोतले राईको विदेश भ्रमण विषयमा कुनै जानकारी नआएको जनाएको छ।

प्रदेश १ को सरकारले भने मुख्यमन्त्री राईको भ्रमण विधिसम्मत भएको दाबी गरेको छ । प्रदेश १ का कार्यबाहक मुख्यमन्त्री तथा सरकारका प्रवक्ता हिक्मतबहादुर कार्कीले मुख्यमन्त्री राईको थाइल्यान्ड र अमेरिका भ्रमणबारे प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरी संघीय सरकारबाट स्वीकृतिसमेत लिएको दाबी गरे । ‘मुख्यमन्त्री राई उपचारका क्रममा थाइल्यान्ड र व्यक्तिगत कामले अमेरिका भ्रमणमा जाने विषयमा कात्तिक ११ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको र संघीय सरकारबाट स्वीकृति पनि लिइएको छ,’ कार्कीले भने । कार्कीका अनुसार मुख्यमन्त्री राई निजी खर्चमा थाइल्यान्ड हु“दै अमेरिका गएका हुन्।

प्रदेश १ को मन्त्रिपरिषद् बैठकले कात्तिक १६ देखि २४ गतेसम्मका लागि मुख्यमन्त्री राई उपचारका लागि विदेश जाने निर्णय गरेको जानकारी दिँदै कार्कीले प्रश्न गरे, ‘प्रदेश सरकारले निर्णय गरी संघीय सरकारबाट स्वीकृति लिएर गरिएको भ्रमण कसरी कूटनीतिक मर्यादाविपरीत हुन्छ ?’ कार्कीले कसैको व्यक्तिगत रिसका कारण भएको झैझगडाको विषयलाई प्रदेश सरकार र मुख्यमन्त्रीस“ग जोड्नु अर्थ नहुने बताए । मुख्यमन्त्री राईले अमेरिकामा औपचारिक रुपमा कसैस“ग नभेटेको र भेट्ने कार्यक्रम पनि नभएको कार्कीले स्पष्ट पारे । मुख्यमन्त्रीको अमेरिका भ्रमण विषयमा समाचार लेखेका पत्रकार लोकमणि राईमाथि कुटपिट भएपछि भ्रमण झन् विवादित भएको छ।

प्रकाशित: २६ कार्तिक २०७५ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App