१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पानीविनाको दमकल आगो निभाउन पुगेपछि

बैतडी– बैतडीमा विनापानीको दमकल राखिने गरेको पाइएको छ। पाटन नगरपालिका– ४ बस्ती जोलाबाँजमा आज बिहान आगलागी हुँदा पानीविनाको दमकल आगो निभाउन पुगेको हो। 

स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आगलागी हुँदा करीब ७० हजार बराबरको खर र पराल क्षति भएको पाटनस्थित इलाका प्रहरी कार्यालय जनाएको छ। आज बिहान ४ः३० बजे घरपरिवारले आगोलागी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेकामा घटनास्थलमा टोली खटाइएको  पाटन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। 

आगलागी भएको खबर पाउने वित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा गए पनि पानी नभएका कारण फर्केर पानी भरेपछि पुन दमकल ल्याइएको स्थानीयवासी राजेन्द्र विष्टले बताए। 

स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा थिइएको थियो। दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयवासीले असन्तुष्टी जनाएका थिए। यससम्बन्धमा दमकल चालक विनोद केसीले भने दमकलमा पानी रहेको दाबी गरे।‘दमकलमा पानी थियो तर पम्पले हावा(एयर) लियो, त्यसैले हावा निकाल्न खोला गएको हुँ,’ उनले भने।

पानीविनाको दमकल घटनास्थल पुगेपछि स्थानीय बासिन्दा आक्रोसित भएका थिए। गाईवस्तुका लागि हिउँदमा खुवाउन जम्मा गरेको पराल र खर आगलागीबाट जलेर नष्ट भएको थियो।रासस

प्रकाशित: २५ कार्तिक २०७५ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App