१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लाग्दा कामदारको ज्यान गयाे

रौतहट - करेन्ट लागेर रौतहटमा एक कामदारकाे मृत्यु भएकाे छ। छठ पूजाका लागि टेन्टको काम गरिरहेका रौतहटको बौधीमाई नगरपालिका राजपुरका ५० वर्षीय गिरीधारी साहको करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनकाे जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा राखिएको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिएसपि मरासिनीले जानकारी गराए।

छठ घाटको तयारीको क्रममा कुनै मानिसको मृत्यु भएको रौतहटमा यो पहिलो घटना हो। घाटकै तयारीमा रहेको मजदुरको मृत्यु भएपछि गाउँमा शोक छाएको छ। घटनापछि केहीबेर घाटको निर्माण रोकिएको थियो तर अहिले फेरि सावधानी अपनाएर घाट निर्माणको काम सुरु गरिएको छ। 

 

प्रकाशित: २५ कार्तिक २०७५ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App