१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मलाई लाग्दैन मेरो जीवनकालमा चीन र भारतको रेल देखिने छ : उपप्रधानमन्त्री यादव

काठमाडौं- उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल हाम्रै जीवनकालमा नआउने बताएका छन्। भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले नेपालमा चीन र भारतबाट रेल आउन लागेको भए पनि त्यो सजिलो नभएको बताएका छन्। उनले भनेका छन्, 'यो सजिलो छैन। र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ।'

अन्तर्वार्ताको क्रममा उनले चिनियाँ वन्दरगाहा प्रयोगबारे समेत बताएका छन्। चिनिया पोर्ट ३ हजार किलोमिटर टाढा भएको र कलकत्ता पोर्ट १ हजार किलोमिटर भन्दा कम रहेकोले यो उपयुक्त विकल्प बताएका छन्।

नेपाल भूपरिवेष्ठित देश भएकोले चीन र भारत दुई विकल्प रहेको उनको भनाई छ। नेपाल र चीन जोड्ने एक मात्र सडक पनि भूकम्पले क्षति पुगेको बताउँदै यादवले कनेक्टिभिटी र पूर्वाधार विकासमा चिनियाँ सहयोगको अपेक्षा गरेका छन्। उनले नेपाल र चीनबीच असल कूटनीतिक सम्वन्ध रहेको समेत उल्लेख गरेका छन्।

भारतसँग के अपेक्षा छन् ? भन्ने प्रश्नको जवाफमा यादवले भारत विकास र समृद्धिको सहयात्री बन्नु पर्ने बताएका छन्। भारत नेपालको नजिकको छिकेकी भएको बताउँदै जीवन र भविष्य सँगसँगै भएको बताएका छन्। हाइड्रो, सिंचाइ जस्ता विषयमा सहकार्यको गति बढाउनु पर्ने उनले औंल्याएका छन्।

नेपालले विमिस्टेक संयुक्त सैन्य अभ्यासमा अव्जर्भर पठाएको अवस्थामा यसलाई ठूलो विषय बनाउन नहुने उनको धारणा छ। आफुहरु अभ्यासको विपक्षमा नभएको र केही तयारी नपुगेको उनले बताएका छन्।

 

प्रकाशित: २५ कार्तिक २०७५ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App