१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

वार्नर र स्मिथ एउटै मैदानमा

सिड्नी (एपिएफ) – अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लागेपछि पहिलो पटक डेविड वार्नर र स्टिभ स्मिथले शनिबार एकै मैदानमा खेलेका छन्। गत मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा बल टेम्परिङ काण्डमा दोषी ठहर भएपछि वार्नर, स्मिथ र क्यामरन बेनक्रफ्टमाथि प्रतिबन्ध लगाइएको थियो। त्यसदेखि वार्नर र स्मिथलाई एकै मैदानमा देखिएको थिएन। तर, शनिबार सिड्नीको कोगी ओभलमा भएको खेलमा ५० ओभरको घरेलु प्रतियोगितामा भने वार्नर र स्मिथ एउटै मैदानमा देखिएका थिए।

मार्चमा दक्षिण अफ्रिकाको केप टाउनमा भएको टेस्टमा स्मिथ कप्तान र वार्नर उपकप्तान थिए। यद्यपि, खेलका क्रममा बल टेम्परिङ गरेपछि अस्ट्रेलिया टिम र खेलाडीको चौतर्फी आलोचना भएको थियो । त्यसलगत्तै क्रिकेट अस्ट्रेलिया (सिए) ले कप्तान स्मिथ, उपकप्तान वार्नर र बेनक्रफ्टलाई दक्षिण अफ्रिकाबाट फिर्ता बोलाउँदै उनीहरूमाथि प्रतिबन्ध लगाएको थियो। स्मिथ र वार्नरलाई १ वर्ष तथा बेनक्रफ्टलाई ९ महिना अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएइको छ।

स्मिथ र वार्नरको खेल सेन वार्न र मिचेल जोन्सनले ग्रासस्ट्यान्डमा बसेर हेरेका थिए। उनीहरू मैदान प्रवेश गरेसँगै घरेलु समर्थकले भव्य स्वागत गरेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ। वार्नरले रान्डविइक पेटरसम र स्मिथले सुदरल्यान्डबाट खेलेका थिए। वार्नर भने अस्टिन वागको बलमा १३ रनमा  आउट भए। तर, स्मिथले भने वार्नरसँगको आफ्नो पुनरागमन यादगार बनाउँदै ४८ रनको पारी खेले।

पूर्व टेस्ट क्रिकेटर सेन वाट्सनको ४१ बलमा ६३ रनको मद्दतबाट सुदरल्याल्यान्डले ३ विकेटको जित निकालेको थियो । दक्षिण अफ्रिकाबाट फर्केपछि दुवै जना पहिलो पटक मैदानमा खुसी मुद्रामा देखिएका थिए । उक्त घटनापछि स्मिथ र वार्नर एकै स्थानमा देखिएका थिएनन्। सिएले उनीहरूमाथि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाए पनि घरेलु क्रिकेटमा खेल्न छुट दिएको थियो । घरेलु क्रिकेटमा पछिल्लो समयमा स्मिथ र वार्नर लयमा देखिएका छन्।

उनीहरूले बल टेम्परिङको घटनामा गुमाएको साख व्यनवसायिक क्रिकेटबाट पछिल्लो समय पाइरहेका छन्। सिएले साथ दिएपछि तीनै क्रिकेटर पछिल्ला समयमा व्यावसायिक क्रिकेटमा निकै व्यस्त देखिएका छन् । स्मिथ र वार्नरले क्यानडामा टोरन्टो नेसनल लिग र ग्लोबल ट्वान्टी–२० क्रिकेट तथा क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पनि अवसर पाएका थिए। बेनक्रफ्टले पनि वार्नरसँगै डर्विनमा स्ट्राइक लिग खेलेका थिए।

वार्नर र स्मिथमाथिको प्रतिबन्ध आगामी २८ मार्चमा फुकुवा हुनेछ। त्यसबीचमा उनीहरूले लयमा समात्न सकेको खण्डमा ५० ओभरको विश्वकप क्रिकेट र इङ्ल्यान्डविरुद्धको असेज सिरिजका लागि अस्ट्रेलियन टिममा स्थान बनाउनेछन्।

प्रकाशित: २५ कार्तिक २०७५ ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App