१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसमा एकता र मेलमिलाप आवश्यक : सभापति देउवा

फाइल तस्बिर

काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताएका छन्। प्रजातान्त्रिक विचार समाजले नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१ औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताए।

नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उनले बिपी र सुवर्ण शमशेरले स्थापना गरेको मान्यता नै नेपाली कांग्रेसको मार्गदर्शक नीति भएकाे बताए। सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने बताए।

कार्यक्रमका विशिष्ठ अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण शमशेरले सङ्घर्षको अवस्थामा पनि पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गरेको स्मरण गरे। नेपाली काङ्गेसमा एकता आवश्यक रहेको भन्दै नेता पौडेलले मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई कांग्रेसले आँकलन गर्न नसकेको र स्थिति यस्तै रहने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनमा थप जटिलता आउने चेतावनी दिए। दुई तिहाईको सरकारले अहिले आफ्नो हैसियत अनुसार काम गर्न नसकेको उनले टिप्पणी गरे। रासस

 

प्रकाशित: २४ कार्तिक २०७५ १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App