१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाेरखामा बस दुर्घटना, कम्तीमा १५ घाइते

दुर्घटनामा परेकाे बस। तस्बिर : नरहरि/नागरिक

गाेरखा - आबुखैरेनीबाट गोरखा आउँदै गरेको बस शनिबार साँझ दुर्घटनामा परेको छ। दुर्घटनामा परी कम्तीमा १५ जना घाइते भएका छन्। ना ३ ख ७५४४ नं को बस गोरखा नगरपालिका ११ तेह्रकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो। घाइतेहरुलाई उपचारका लागि गोरखा अस्पताल लगिएको छ भने गम्भीर घाइतेको अन्यत्र रिफर गर्ने तयारी भएको छ।

एम्बुलेन्स समयमै उपलब्ध हुन नसक्दा घाइतेको उद्धारमा समस्या भएको छ। बस यात्रुले खचाखच भरिएको र तिव्र गतीमा रहेको यात्रुले बताएका छन्। बसका चालक र सहचालक भने घटनापछि फरार भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ। बस सडकबाट करिब ५० मिटर तल खसेकाे थियाे।

प्रकाशित: २४ कार्तिक २०७५ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App