१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनप्रतिनिधिकाे अगुवाइमा प्रहरीमाथि जुवाडेको आक्रमण

दैलेख – ईलाका प्रहरी कार्यालय दुल्लुबाट गस्तीमा हिडेको प्रहरी टोलीमाथि जुवाडेको एक समुहले आक्रमण गरेकाे छ। दुल्लु बजार स्थित चाँदनी चौक नजिक गस्तीमा हिडेको प्रहरी टोलीमाथि गय राती जुवाडेको समुहले आक्रमण गरेको हो।

जुवाडेहरु जम्मा भएर कौडा र तास खेलिरहेको बेला प्रहरी पुग्दा उनीहरु आक्रमणमा उत्रिएका थिए। आक्रमणबाट प्रहरी निरिक्षक बजिरसिंह विष्ट, असई सुजनकुमार खड्का घाइते भएका छन्। विष्टको टाउको, हात र शरीरमा र खड्काको आँखा र शरीरको अन्य भागमा गम्भिर चोट लागेको छ। त्यस्तै अन्य ५ जना प्रहरी सामान्य घाईते भएका छन्। घाईते हुनेहरुमा एक जना असई, हवल्दार र अन्य तिन प्रहरी जवान रहेका छन्।

दुल्लुनगरपालिका वडा नम्वर ७ का निर्वाचित वडा सदस्य सुर्यबहादुर थापा, पुस्कर बज्राचार्य र सुदिप शाहको नेतृत्वमा प्रहरीमाथि ढुंगा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गस्तीमा गएको प्रहरी टोलीमाथि जुवाडेले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) ठाकुरप्रसाद पोखरेलले बताए। डिएसपी पोखरेलका अनुसार आक्रमण रोक्न प्रहरीले ३ राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो। हवाई फायरपछि जुवाडेहरु भागेका थिए। प्रहरीले आक्रमणको अगुवाई गर्नेकाे खाेजी गरिरहेकाे प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।

 

प्रकाशित: २४ कार्तिक २०७५ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App