१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सिमरनलाई मिस टिन नेशनल–२०१६ को ताज

काठमाडौं–‘मिस टिन नेशनल–२०१६’ को ताज सिमरन पन्थीले हातले पारेकी छन्। यल इभेन्ट्स सोलुसनद्वारा आयोजित ‘मिस टिन नेशनल–२०१६ मा १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधी पन्थीले जितेकी छन्।

शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित भएको ‘मिस टिन इन्टरनेशनलको कार्यक्रममा फस्ट रनर अप मिनी तमाङ र सेकेन्ड रनर अप ज्योती थापा भएकी थिइन् भने, थर्ड रनर अपमा सिर्जना पाण्डेय र मस्ट पोपुलरमा सिन्थिया श्रेष्ठ भइन्।

‘मिस टिन नेसनल–२०१६’को अन्तिम प्रतिस्पर्धाका लागि इशानी कार्की, अस्मिता डँगोल, शर्मिला खड्का, मिना शाह, सिमरन पन्थ, स्वेता बरमु, दीपा बोगटी, मिनी तामाङ रहेका छन्। त्यस्तै मञ्जु गुरुङ, सृजना पाण्डे, एलिजा श्रेष्ठ, इनु थापामगर, सिन्थिया श्रेष्ठ, लाक्पा शेर्पा, शोभना श्रेष्ठ, ज्योती थापा र मन्दिरा केसी पनि यो प्रतियोगिताका अन्तिम प्रतिस्पर्धी रहेका थिए।  

उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, लोकप्रिय गीतहरुको प्रस्तुती दिएर सभाहल संगितमय बनाइएको थियो। ‘मिस टिन इन्टरनेशनलको कोरियोग्राफर अस्विनी झाले गरेका हुन्।

 

प्रकाशित: ८ आश्विन २०७३ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App