१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फोटो फिचरमा तिहारको रौनक

लक्ष्मी पूजाको साँझ हलचोक डाँडाबाट देखिएको  स्वयम्भूलगायत काठमाडौँ उपत्यकाको मनोरम दृश्य । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाडौं – हिन्दू नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरू भएसँगै यसको रौनक छाएको छ। तिहारको अवसरमा गाउँ सहर झिलिमिलि पारिएका छन्। 

काठमाडौं उपत्यकाको मुख्य बजार असन, इन्द्रचोक, न्युरोड लगायतका क्षेत्रमा विशेष चहलपहल छ। मखमली माला, भाइटीकाका लागि सप्तरंग, दियो, मसला लगायतका सामान किन्नेहरूको भीड छ। यस्तै देउसी–भैलो खेल्नेहरूको भिडले पनि रौनक छाएको छ। 

हेर्नुहोस् फोटो फिचरमा तिहारको रौनकलक्ष्मी पूजाको साँझ काठमाडौँको हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्य । तस्बिर : प्रदीपराज वन्त/राससकाठमाडौँको अनामनगरमा लक्ष्मीपूजाको तयारी गर्दै युवती । तस्वीर : पूर्णप्रसाद मिश्र/राससलक्ष्मी पूजाको साँझ  वीरगञ्जको  आदर्शनगरमा  दीपावली गर्दै स्थानीय । तस्बिर : विजयकुमार महतो, पर्सा/राससतिहारको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा देउसी भैलो खेल्दै गरेका कलाकारहरु। तस्वीरः कमल खत्री , बेनी(म्याग्दी)/राससतनहुँको दमौलीमा माला बेच्दै व्यापारीहरु । तिहार शुरु भएसँगै मालाको व्यापारमा बृद्धि भएको छ । तस्वीरः कृष्ण न्यौपाने, दमौली, (तनहुँ)/रासस

तिहारका अवसरमा कञ्चनपुरको झलारी बजारमा देउसी भैली गीत गाएर सगुन माग्दै गरेका राना थारु समुदायका युवतीहरु। तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर/रासससूर्यनगर टोल विकास समाजले दिपावली, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा बिहीबार आयोजित चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्वमन्त्री महेश बस्नेत नाच्दै। तस्वीर : रमेश गिरी, भक्तपुर/रासस

प्रकाशित: २२ कार्तिक २०७५ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App