१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जीप दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा परेकाे जीप। तस्बिर : दमन/नागरिक

खोटाङ - खोटाङमा जीप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। केपीलासगढी गाउँपालिकाको बाक्सिलाबाट यात्रु लिएर दिक्तेल आउँदै गरेको ना १ ज ३६९८ नम्बरको जीप जिल्ला कारागार शाखा नजिक दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ४१ वर्षीय व्यवसायी दिपक रसाईलीको मृत्यु भएको हो।

बुधबार राती भएको दुर्घटनामा गम्भीर घाईते भएका रसाईलीको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सिन्धुली जरायोटारका २३ वर्षीय रमेश मगर र दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका–१३ नुनथलाका १९ वर्षीय फुर्वा शेर्पा घाईते भएका छन्। उनिहरुलाई उपचारका लागि काठमाडाैं पठाईएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

 

प्रकाशित: २२ कार्तिक २०७५ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App