मध्यावधि चुनावमा ट्रम्पलार्इ झट्का, तल्लाे सदनमा विपक्षी दलकाे बहुमत

बुधबार, २१ कार्तिक २०७५, १७ : २५ एजेन्सी

862


अमेरिका - अमेरिकाको तल्लाे सदन प्रतिनिधि सभामा विपक्षी दल डेमोक्र्याटले बहुमत ल्याएकाे छ। मध्यावधि चुनावमा डेमोक्र्याटले स्पष्ट बहुमत ल्याएकाे छ भने माथिल्लाे सदन सिनेटमा सत्तारुढ दल रिपब्लिकन पार्टीले बहुमत ल्याएकाे छ। तल्लाे सदनमा विपक्षी दलले बहुमत ल्याएपछि राष्ट्रपति डाेनाल्ड ट्रम्पलार्इ अाफ्ना कार्यक्रम सञ्चालन गर्न गाह्राे पर्ने देखिएकाे छ।

राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुनलागेको हो। ट्रम्प शासनको जनमत सङग्रहका रूपमा हेरिएको यो मध्यावधी निर्वाचनले ट्रम्पको लोकप्रियता खस्किएको देखाएको छ। डेमोक्रयाटले भने ट्रम्प विरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको विश्लेषण गरिएको छ।

तल्लाे सदनमा बहुमत ल्याएपछि  डेमोक्र्याटिक पार्टीकी नेता नान्सी पालाेसीले समर्थक र मतदातालार्इ धन्यवाद व्यक्त गर्दै भाेली अमेरिकाका लागि नयाँ दिन हुने बताइन्। राष्ट्रपतिमा निर्वाचित भएकाे दुर्इ वर्षमै ट्रम्प सरकारले व्यहाेरेकाे हारले अमेरिकामा सत्ता सन्तुलन स्थापित गराउन सक्ने बताइएकाे छ। अमेरिकी चुनाव अधिकारी माइकल म्याकडोनल्डका अनुसार यस चुनावमा कुल ३८ दशमलव ४ लाख अमेरिकनले अाफ्नाे मताधिकारकाे प्रयाेग गरेका थिए।

प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि मतदान भएको थियाे। 

 







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad