१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रिमेच्योर इजाकुलेसनले निम्याउँछ वीर्य स्खलन

मेरो चाँडै वीर्य स्खलन हुन्छ । यस्तो किन हुन्छ ?
टी

यसलाई प्रिमेच्योर इजाकुलेसन भन्छन् । वास्तवमा पुरुषहरूमा यसरी छिटो स्खलन हुनु प्राकृतिक नियम नै हो भन्दा पनि हुन्छ । यो आदिम मानवको समयदेखिको कुरा हो । त्यसबेला आदिम मानवहरूलाई अहिलेको जस्तो ढिलो गरी स्खलन गर्ने समय हँुदैन थियो, किनभने त्यतिबेला हरेक पल जोखिमले भरिएको हुन्थ्यो ।

जंगली जीवजन्तुको डर, प्राकृतिक प्रकोप आदिका कारण उनीहरू छिट्टै नै स्खलित हुन चाहन्थे । अहिले चिकित्सा विज्ञानको अत्यधिक विकास भए पनि विश्वका धेरै पुरुष शीघ्र स्खलनको समस्याबाट पीडित छन् ।

स्खलनलाई ढिलो गर्ने तरिका छन् । यो मेहनत गरेर प्राप्त हुने गुण हो । यसका एकदुई विधि छन् । जस्तो, स्क्विज टेक्निक, केगल एक्सरसायजआदि । उसो त बजारमा शीघ्र स्खलन हुन नदिने स्प्रे तथा कन्डम पाइन्छन् । यस्ता कन्डममा ढिलो गरी स्खलन हुने औषधि मिसाइएका हुन्छन् । यस्ता कण्डमले पुरुषको मनोबल बढाउने काम गर्छन् । स्खलन ढिलो गर्ने औषधी पनि पाइन्छन् । तर, यस्ता औषधि प्रयोग गर्नुअघि चिकित्सकसँग राम्ररी सल्लाह गर्नुपर्छ । छिटो स्खलन हुनुको एउटामात्र उपचार विधि छैन । यसका लागि चिकित्सकसँग सल्लाह गरेर उपयुक्त उपाय अपनाउनुपर्छ ।

शुक्रबारबाट

प्रकाशित: ८ आश्विन २०७३ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App