२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एकल वाचनमा सुनिइन् अनिता

काठमाडौं – यतिबेला नारी हिंसा विरुद्ध सामाजिक संजाल तातिरहेको छ । कवि अनिता लामाले भने राजधानीमा कवितामार्फत नारी सशक्तिकरणको वकालत गरिन्। धुम्बाराहीस्थित महिला सामुदायक कार्यक्रम संचालन समिति र महिला सामुदायिक केन्द्रले गरेको एकल कविता वाचनमा उनले अधिकांश सिर्जनामा नारी आवाजलाई बुलन्द पारिन्।

हालै तेस्रो कविताकृति ‘आतुङ’ सार्वजनिक गरेकी उनले ‘सलाम आदरणीय आमाबुबा’ कवितामार्फत वाचन थालेकी थिइन् । जन्मदिने आमा र बुबाको महिमागानपछि ‘नागरिकता’ र ‘रगत’ शीर्षकको कवितामा नारी शक्तिको प्रशंसा गर्दै समाजमा हुने राजनीतिक, सांस्कृतिक र प्रशासनिक विभेदप्रति व्यंग्य कसिन् । नारीलाई दोस्रो दर्जाको नागरिक र भोग्य बस्तुको रुपमा व्यवहार गर्ने परम्परागत पुरुष मनोविज्ञानकै कारण समस्या पैदा भएको उनले कविताको आसय थियो।

‘६ बराबर ६’ कवितामा भने उनले ६ दिदी बहिनीलाई प्रतीकात्मक रुपमा उभ्याउ“दै नारी शक्तिको बखान गरिन् । ‘स्वस्थानी साङ्गे’, ‘भिडियो कल’ र ‘ह्यारी, आस्याङ र साहिबा’मा वैदेशिक रोजगारको दर्दनाक कथा भनिन् । काठको बाकसमा लोग्नेको लास आउ“दा स्वस्थानी साङ्गेमा मग्न युवतीको मनोदशा कस्तो हुन्छ होला ? आफन्तजन र घरको खुशीको लागि भिडियो कलमा विदेशको अग्ला भवन र चिल्ला सडक देखाउने युवाको मन चाहि“ आफैमा कसरी भतभति पोलिरहेको होला ? कविता सुन्दै गर्दा दर्शक÷स्रोताहरू उत्तिकै गम्भीर बने।

यसपछि उनले ‘विद्यार्थी’, ‘त्यो दिन’, ‘मेरो देश मेरो सर्वस्व’ लगायत डेढ दर्जन कविता सुनाइन् । वाचनमा उनलाई कवि फूलमान वलले पनि सघाएका थिए । केही कवितामा मुलुकको राजनीतिक विसंगति र पार्टीहरुभित्र देखिएको विचलनप्रति अनिताले औंलो ठड्याइन् । वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक तथा कवि सुरेश हाचेकालीले अनिताका लेखनमा माक्र्सवादी सौन्दर्यचेत, राष्ट्रिय एकता र महिला उन्मुक्तिको स्वर पाएको दाबी गरे । पछिल्लो समय विभिन्न समुदायबाट नेपाली साहित्यमा भित्रिएको मौलिक विम्ब, प्रतीक र मिथकहरूले भिन्नै स्वाद दिलाएको दाबी गर्दै हाचेकालीले अनिताका केही कवितामा तामाङ समुदायको सांस्कृतिक स्वाद भेटिने बताए।

राष्ट्रिय नाचघरका महानिर्देशक राजेश थापा, पूर्व सभासद मीरा ध्वोँजु, शिवकुमारी खनाल लगायतले अनिताका कवितामा समकालीन राजनीतिक तथा सामाजिक चेतना सशक्त रुपमा पाइने बताए । कविता वाचन अघि सरिता, सविता र संगिता लामाले नृत्य प्रस्तुति दिएका थिए।

‘अनुराग’, ‘अर्पण’ र ‘आतुङ’ गरि तीन कविताकृति सार्वजनिक गरिसकेकी अनिता केही महिना अघिमात्रै राष्ट्रिय नाचघरमा पहिलो एकल कविता वाचनमा उत्रिएकी थिइन्।

प्रकाशित: २१ कार्तिक २०७५ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App