१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जीप दुर्घटनामा परेकी अमिनाको अवस्था अझै अज्ञात

डोल्पा- सोमाबार भएको जीप दुर्घटनामा परेकी त्रिपूरा सुन्दरी नगरपालिका ३ की अमिना बुढा मगरको अवस्था अझै अज्ञात छ। दुर्घटनामा परेकी उनको खोजी गरिदिन प्रहरी र प्रशासनलाई उनका आफन्तले आग्रह गरेका छन्। प्रहरी प्रशासनले उनको खोजीमा बेवास्था गरेको अमिनाका आफन्तले आरोप लगाएका छन्।

आज बिहानैदेखि प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले उनको खोजी तिब्र पारे पनि अवस्था पत्ता नलागेको प्रहरी नायवउपरीक्षक अवदेश बिष्टले जानकारी दिए। डिएसपी बिष्टले गोताखोर ल्याएर खोजी गरिने बताए।

सोमबार भे १ ज १६११ नम्बरको जीप दुर्घटनामा एकै नगरपालिकाका १० जनाको मृत्यु भएको थियो।

७ वटा जीप तोडफोड, अश्रु ग्याँस प्रहार

मृतकका आफन्तहरुले डोल्पा सदरमुकाम दुनैमा आन्दोलन गरेका छन्। उनीहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए।

उनीहरूले प्रहरीलाई झुक्याउँदै आन्दोलनकर्ताले प्रहरीको सुरक्षामा रहेका ६ वटा र ग्यारेजमा राखेको एक जीप तोडफोड गरेका छन्। तोडफोड र ढुङमुढा गरेपछि प्रहरीले लाट्ठीचार्ज र केहि राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।

 

प्रकाशित: २० कार्तिक २०७५ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App