१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दुर्घटनाग्रस्त जहाज उडाउन जुम्ला विमानस्थल खुला

जुम्ला-जुम्ला विमानस्थलमा दुर्घटनाग्रस्त तारा एयरको जहाज उडाउनको लागि एक सातासम्म विमानस्थल खुल्ला गरिने भएको छ। विमानस्थलको स्तरउन्नती गर्नका लागि कार्तिक ८ गतेदेखि जुम्ला विमानस्थल बन्द गरिएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले जूम्ला स्थित डुंडुल चैत्यको उद्घाटन गर्न निजी जहाज ल्याएर विमानस्थलमा अवतरण गराएपछि स्थानीयले चर्को विरोध गरेका थिए। स्थानीयले चर्को विरोध गरेपछि एक साताका लागि खुला गरिएको जुम्ला विमानस्थल फेरी एक साता थप्ने गरि खुला गरिएको हो।

नागरिक उड्ययन प्राधिकरणले दुर्घटनाग्रस्त जहाज उडाउन्जेलसम्मको लागि विमानस्थल खुल्ला गर्न निर्देशन गरेपछि कार्तिक २४ गते सम्मका लागि जुम्ला विमानस्थल खुला गरिएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले जानकारी दिए। “झण्डै एक महिनादेखि जुम्लामा दुर्घटनाग्रस्त तारा एयरको जहाजको मर्मत गर्ने कार्य भईरहेको छ, अब दुई चार दिनमै मर्मतको काम सकेर उडान गर्ने भएकोले जुम्ला विमानस्थल खुला गरिएको हो” उनले भने।  तारा एयरको आग्रहमा प्राधिकरण केन्द्रिय कार्यालयले एक साताका लागि विमानस्थल खुला गर्न निर्देशन गरेको हो।

तर विमानस्थल पटक पटक खुलाउने र बन्द गर्ने निर्णयले सवैलाई अन्यौल बनाएको छ। यहाँ नियमित रुपमा चल्ने हवाई जहाजका कम्पनीदेखि सर्वसाधारणलाई अन्यौल बनाएको स्थानीय बताउँछन्। चिसो समयमा सिमेन्टको काम नहुने भएकोले छिटो भन्दा छिटो विमानस्थलको स्तरउन्नती गर्ने लक्ष्य लिइएको छ। तारा एयरको जहाज झण्डै ६ महिना अघि अवतरण गर्दा सन्तुलन गुमाएपछि दुर्घटना भएको थियो।

प्रकाशित: २० कार्तिक २०७५ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App