१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रानीपोखरीको मन्दिर गुम्बज होइन, ग्रन्थकुट शैलीमा

काठमाडौ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्विचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली,  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिहरुको एक बैठकले मन्दिरको शैलीमा पुनर्विचार गर्न निर्देशन दिएको हो।  

बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो। पुरातत्व विभागले गुम्बज शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै रोकिएको थियो।

’रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणका सम्बन्धमा काठमाडौं महानगरपालिकाले गठन गरेको विशेषज्ञ समिति तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गठन गरेको विज्ञ समितिको प्रतिवेदनमा उक्त मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न सुझाव दिइएको थियो। उल्लेखित प्रतिवेदनहरुलाई समेत आधार मानी पहिलेको गुम्बज शैलीमा पुनर्विचार गरी आवश्यक कार्य अघि बढाउन पुरातत्व विभागलाई निर्देशन दिएको हो। 

बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो। पुरातत्व विभागले गुम्बज शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै रोकिएको थियो। बैठकले रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर र पोखरीको पुनर्निर्माण कार्यमा आवश्यक समन्वय, सहजीकरण र अनुगमनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोजनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका एवं सम्बन्धित विज्ञहरुको समेत प्रतिनिधित्व रहने गरी रानीपोखरी पुनर्निर्माण समन्वय तथा अनुगमन समिति गठन गर्ने र यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवं काठमाडौं महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ। 

प्रतिवेदनमा मन्दिरको जिर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कंक्रिटको संरचना हटाई मल्लकालीन स्वरुप तथा निर्माण सामाग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने उल्लेख छ।


पुरातत्व विभागका पूर्व महानर्दिशक विष्णुराज कार्की, सम्पदाविद् डा. सुदर्शनराज तिवारी, स्ट्रक्चरल ईन्जिनियर एवं प्राध्यापक डा. प्रेमनाथ मास्के, सहरी योजनाविद् एवं पूर्व महानिर्देशक सूर्यभक्त साँगाछे रहनु भएको विज्ञहरुको टोलीले सोमबारमात्रै ग्रन्थकुट शैलीमा मन्दिर निर्माणका लागि आधार सहितको प्रतिवेदन दिएको थियो।
विज्ञहरुले ग्रन्थकुट शैलीबाट गुम्बज शैलीमा निर्माण गर्दा ग्रन्थकुट शैलीकै मन्दिरको भूईतलाको मन्दिरको नाप नक्सामा निर्माण गरिएको, ग्रन्थकुट शैलीमा निर्माण भएको काठ बन्धन तथा शिलाको संगार लगायतका भागहरु दुई पटक पुनर्निर्माण (गुम्बज शैलीमा) गर्दा पनि प्रयोग भएको, दुई पटक पुनः (गुम्बज शैलीमा) निर्माण गर्दा पनि गर्भगृहको गाह्रोको पर्खालको नाप नक्सा मल्लकालीन मन्दिरको नाप नक्सा अनुसार नै निर्माण भएको प्रतिवेदन दिएका थिए। 
प्रतिवेदनमा मन्दिरको जिर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कंक्रिटको संरचना हटाई मल्लकालीन स्वरुप तथा निर्माण सामाग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने  र जगको किसिम तथा अवस्था एकीन गर्न गर्भगृहको उत्तर दक्षिण वा पूर्व पश्चीम क्रस उत्खनन् गर्ने पनि उल्लेख छ।
यसअघि गठन भएको विज्ञहरुको समितिले पनि बालगोपालेश्वरको मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सुझाव दिएको थियो। त्यसमा पुरातत्व विभागको असहमति रहेकाले विवाद बल्झिएको थियो। विवादलाई अन्त्य गर्नका लागि प्राधिकरणले विज्ञ विष्णुराज कार्की नै संयोजक रहेको अर्को टोली बनाएको थियो।

 

प्रकाशित: २० कार्तिक २०७५ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App