१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

नेपालले गर्छ: तिहारमा मखमली फूल निर्यात

नेपालीहरुको महान पर्व दशै सकिने बित्तिकै तिहारको झिलिमिली शुरू भैसकेको छ । धेरै जसोको आगनमा मखमली, गोदावरी, सयपत्रि फुलहरुले बगैचामा फुलीसकेका छन् । तिहारमा भाइटिका को लागि मखमली, सयपत्री फूलहरु, विभिन्न किसिमका बत्ती, दियो र सप्तरङ्गहरुबढी विक्री हुने गर्दछन् । 

हामीले प्रयोग गर्ने सयपत्री र मखमली फुलको माला कहा बाट आउछन् । के हाम्रै देशमा उत्पादन हुन्छ वा बाहिर बाट आयात गरिन्छ ? 

यसको बारेमा हामीले फ्लोरिकल्चर एसोशिएसनका अध्यक्षलाइ सोधका छौ । 

फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा लगभग प्रदेश ६ बाहेक अरू प्रदेशमा पुष्प खेती भइरहेको छ । जसमा प्रदेश १ मा झापा मोरंङ, सुनसरी, इलाम , प्रदेश न २ मा धनुषा, सप्तरी, पर्सा प्रदेश न ३ मा काठमान्डु उपत्यका लगायत, धादिङ्ग, काभ्रेमा  पुष्प खेती गरिएको छ । त्यसैगरी गण्डकी प्रदेशमा तनहु, स्यांजा, गोर्खा, कास्की, अनि पर्बत, प्रदेश न ५ मा रुपन्देही प्रदेश न ७ मा टिकापुर, धनगढ़ी लगायतका स्थानमा व्यवसायीक पुष्प खेति गरिएको छ ।  

श्रमिकको लागत बढेको, जग्गाको भाडा बढेको लगायतका कारण यसपटक तिहारमा उपभोक्ताले एउटा मालामा १० देखि १५  प्रतिशतसम्म  बढी मूल्य खर्चनुपर्ने भएको छ । 

सयपत्रीको १२ लाख माला आन्तरिक उतपादनले नै धान्ने भएकाले, माग रहेको १५ लाख सयपत्री फुलेकाले मालामा ३ लाख माला मात्र भारतको कोलकत्ताबाट आयात गर्ने तयारी रहेकोे छ । मखमली फुलको माला भने नेपालकै उत्पादनले नै धान्ने भएकाले ७ लाख मखमलीको माला स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ । मखमली फुलको माला क्यानडा, अष्ट्रेलिया लगायतका मुलुकमा गएर बसेका नेपालीको उच्च माग रहदै आएको हुनाले निर्यात पनि गरिने फ्लोरिक कल्चरले बताएको छ । 

यस पटकको तिहारमा जम्मा २२ लाख माला खपत हुने भएको छ । यसैगरी मौसमी फुलको खेति गरेर र बाह्रै मासे फुलको खेति गरेर पनि मनग्य आम्दानी लिन सकिने छ हाल देशमा रोजगारी को अवसर नभएको भन्दै बिदेसिने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ तर  यी युवक जसले पुष्प ब्यवासाय गरि मनग्य आम्दानि गरिरहेका छन्   । 

यद्यपि, तिहारमा उपभोक्ताले एउटै मालालाई ५ देखि ६ सय सम्म तिरेर किन्नु पर्ने बाध्यता भने हुने नै गरेको छ । 

प्रकाशित: २० कार्तिक २०७५ ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App