१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लगानी सम्मेलन स्थगित

इलाम - इलाममा आउँदो कार्तिक २५ गते आयोजना गर्ने भनिएको लगानी सम्मेलन स्थगित भएको छ। नगर कार्यपालिकाको मंगलबार बसेकाे बैठकले सम्मेलनका लागि तयारी नपुगेको कारण देखाउँदै तत्काललाई सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।

कार्यपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले चाडपर्व लगत्तै सम्मेलन आयोजना गर्नुभन्दा अलि दिन पछाडि सार्दा त्यसलाई भव्यता दिन सकिने भएकाले सम्मेलन स्थगित भएको बताए। ‘गत १८ गते काठमाडौंमा लगानीकर्ताहरूसँग भएको बैठकले सम्मेलनका लागि नगरलाई निकै उत्साहित गरेको छ,’ उनले भने, ‘त्यो उत्साहलाई सम्बोधन गर्दै सम्मेलनलाई अझ भव्यता दिन केही तयारी अझै नपुगेकाले स्थगित भएको हो।’ उनले २५ गतेपछि करिब १५/२० दिनभित्रै सम्मेलन आयोजना हुनसक्ने भएपनि अर्काे निर्णय नहुँदासम्मलाई स्थगित भएको बताए।

आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले इलाम नगरपालिकाले सदरमुकाममा आउँदो २५ गते लगानी सम्मेलन आयोजना गर्ने बताएकाे थियाे। स्थानीयको आम्दानी बढाउँदै समृद्धिको गन्तव्यमा पुग्न नगरले देशभरका मुख्य लगानीकर्ताको भेला आयोजना गर्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो।

प्रकाशित: २० कार्तिक २०७५ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App