१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोकिएन पटाकाको तस्करी

काठमाडौँ- सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएको छैन।  तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैध रूपमा प्रसस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताए।

उनले भने, “पटका पड्काउन पूर्ण प्रतिबन्ध छ तर खुल्ला सिमानाका कारण तस्करी भने रोक्न सकिएको छैन । गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशत तस्करी नियन्त्रण भएको छ।” 
प्रहरीले पटाकाको बिक्री वितरण तथा प्रयोग गर्नेमाथि कारवाही हुने बताए पनि तस्करहरूले साइकलमा राखेर पटाका बिक्री गर्दै आएका र पटका प्रयोगकर्तामा पनि त्यसको कुनै असर परेको पाइँदैन। 

 

प्रकाशित: २० कार्तिक २०७५ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App