१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तिहार र छठको बिदामा कार्यालय नछोड : विद्युत् प्राधिकरण

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले तिहार र छठको अवसरमा दिइएको सार्वजनिक बिदाका दिनमा विद्युत् उत्पादन केन्द्रका प्रमुखहरुलाई कार्यालय नछोड्न निर्देशन दिएको छ।

सार्वजनिक बिदाका दिनमा केन्द्रप्रमुख, इन्जिनियर र जिम्मेवार प्राविधिकहरु निमित्त तोकेर बिदामा बस्ने गरेको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

राष्ट्रिय विद्युत् प्रणालीमा ठूला जलविद्युत् आयोजनाको भूमिका महत्वपूर्ण हुने हुँदा बिदाको समयमा आयोजनामा समस्या आएमा सम्बन्धित कर्मचारीलाई छुट नहुने भन्दै तिहार र छठको सार्वजनिक बिदामा ड्युटी परेका केन्द्रप्रमुखदेखि प्राविधिकसम्मलाई साइट नछोड्न प्राधिकरणले निर्देशन दिएको हो।

प्राधिकरणले कार्यालय छोड्नै परेमा उत्पादन, सञ्चालन तथा सम्भार विभागको अनुमति लिएर आवश्यक परेको जुनसुकै बेला साइटमा उपस्थित हुने गरी मात्र कार्यलय छोड्न  निर्देशन दिएको छ । प्राधिकरणले सञ्चालनमा आएका सबै ठूला जलविद्युत् आयोजनाका आयोजना प्रमुख, इन्जिनियर र प्राविधिकलाई निर्देशन दिएको जनाएको छ।

प्रकाशित: २० कार्तिक २०७५ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App