१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साेमबार उपराष्ट्रपतिको जलपान

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा सोमबार (भोली) अपरान्ह शुभकामना आदन प्रदान तथा जलपान समारोह आयोजना गरेका छन्। उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने जलपान सोमबार अपरान्ह साढे २ बजेबाट सुरु हुनेछ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना लगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको छ। 

समारोहमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरु, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग व्यवसायी, मानवअधिकारकर्मी, कलाकार, पत्रकार लगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ।

 

प्रकाशित: १८ कार्तिक २०७५ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App