१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं – धितोपत्र बजारमा आइतबार अनपेक्षित गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ।

प्रतिशतका आधारमा आज करिब दुई प्रतिशतले बजारमा गिरावट आएको हो। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ विन्दुले घटेर २५६ दशमलव ९१ विन्दुमा पुगेको छ। नेप्सेमा उच्च गिरावट आएपनि कारोवार रकममा भने वृद्धि भएको छ। कूल १५४ कम्पनीको २७ लाख २९ हजार १३० कित्ता शेयर ५६ करोड ४७ लाख ८७ हजार ७३६ मुल्यमा खरीद–बिक्री भएको छ।

स्टकका अनुसार आज अन्य उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ। सो उपसमूहको शेयर कारोवार ४ दशमलव २३ विन्दुले बढेको छ। यस्तै बैंकिङ १६ दशमलव १६, होटल ५ दशमलव शून्य चार, विकास बैंक ७ दशमलव ३१, जलविद्युत् ११ दशमलव ८३, वित्त ३ दशमलव ५७, निर्जीवन बीमा ६५ दशमलव ३९, उत्पादन १५ दशमलव २३, माइक्रोफाइनान्स ९ दशमलव ०४ र जीवन बीमा ९८ दशमलव ९७ विन्दुले घटेको छ।

घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, साइन रेसुङ्गा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन्। लाइफ इन्सुरेन्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी तथा देवः विकास बैंकका शेयरधनीले भने गुमाएका छन्।  (रासस)

प्रकाशित: १८ कार्तिक २०७५ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App