१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेत्रहीन महिला क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौं – पाकिस्तानमा आयोजना हुने अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीको शनिबार छनोट भएको छ।

वरिष्ठ क्रिकेट प्रशिक्षक अरुण अर्यालको संयोजकत्वमा सुनोज भट्टराई, नेत्रहीन क्रिकेट अम्पयारद्वय नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले १५ सदस्यीय नेपाली टोली छनोट गरेको हो।

नेत्रहीन क्रिकेट संघ नेपालले शनिबार प्रेस विज्ञप्तिमार्फत कात्तिक १३ देखि १५ सम्म काठमाडौंमा छनोट प्रक्रियाबाट नेपाली टोली छनोट गरेको जनाएको छ।

आगामी वर्षको २६ जनवरीदेखि ४ फेब्रुअरीसम्म पाकिस्तानसँग हुने प्रतियोगिताको नेपाली टोलीमा आशा रेग्मी, रीता थापा, हिता गुरुङ, मुना अर्याल, सुष्मा तामाङ, सरिता घिमिरे, आयुष्मा क्षेत्री, भगवती अमगाईं, मनकेशरी चौधरी, विमला राई, मीना क्षेत्री, आशिका चौधरी, विनीता पुन, भगवती भट्टराई र गीता पौडेल छनोट भए।

नेत्रहीन क्रिकेट संघले सात प्रदेशबाटै छनोट गरी राष्ट्रिय टोलीको छनोट प्रक्रिया अगाडि बढाएको जनाएको छ । विश्वमा नेत्रहीन महिला क्रिकेट सुरुआत गर्ने पहिलो राष्ट्र नेपालले (सन् २००६ देखि) अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो पटक सहभागिता जनाउन लागेको हो।

यसअघि सन् २०१४ मा नेपालमै आयोजना भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेटमा नेपालले इङ्ल्यान्डलाई हराइसकेको छ । सन् २०६३ सालमा स्थापित संघले पुरुष टिमलाई भने विश्वकपमै सहभागी गराइसकेको छ।

प्रकाशित: १८ कार्तिक २०७५ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App