१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर दुईको मृत्युु

लहान- सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ। 

करेन्ट लागेर शनिवार सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। 

आफ्नै घरमा खेलिरहेका अवस्थामा मल्टिप्लकबाट करेन्ट लागेर घाइते भएका बालक उपचारका लागि धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

यसअघि गएराति करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ४५ वर्षीय राजकुमार महतोको मृत्यु भएको थियो। आफ्नै घरमा रहेको मसला पिस्ने मिलमा करेन्ट लागेर सिकिस्त भएका महतोलाई उपचारका लागि लहानतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको थियो। 

प्रकाशित: १७ कार्तिक २०७५ १६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App