१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सातामा एक अर्ब बढीको शेयर कारोवार

काठमाडौं- धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक हजार २२७ दशमलव ५० बिन्दुमा रहेको कारोवार मापक नेप्से साताको अन्तिम दिन घटेर एक हजार २२० दशमलब ९८ बिन्दुमा पुगेको छ।

साताभर एक दिनमात्र उकालो लागेको शेयर बजार चार दिन भने लगातार ओरालो लाग्यो । नेप्सेका अनुसार यस साता बजारमा १८३ कम्पनीको कारोवार भएको छ। नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ६५ प्रतिशतले घटेर २५९ दशमलव ६७ अङ्कमा आइपुगेको छ। 

नेप्से घट्दा यससाता लगानीकर्ताले रु २३ अर्ब ९८ करोड गुमाएका छन् । अघिल्लो साताको अन्तिम दिन रु १४ खर्ब ८० अर्ब ६० करोड रहेको कूल बजार पूँजीकरण यस साताको अन्तिम दिन रु १४ खर्ब ५६ अर्ब ६२ करोडमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । 


 

प्रकाशित: १७ कार्तिक २०७५ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App