१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रयाक्टरबाट खसेर वडा सदस्यको ज्यान गयो

डडेल्धुरा – बगरकोट–रुपाल जोड्ने ग्रामिण सडकमा ट्रयाक्टरबाट खसेर वडा सदस्यको ज्यान गएको छ। ट्याक्टरबाट खसेर भागेश्वर गाउँपालिका– २ रुपालका ४२ वर्षीय वडा सदस्य भोजराज पनेरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सदरमुकामबाट सामान बोकी रुपाल जादै गरेको से १ त १००५ नम्बरको ट्रयाक्टरबाट शुक्रबार राति रुपालीगाड खोलामा सदस्य पनेरु खसेका थिए। ट्रयाक्टरबाट सखेपछि उपचारका लागि उपक्षेत्रिय अस्पताल डडेल्धुरा पु-याइए पनि बाटोमा नै पनेरुको मृत्यु भएको प्रहरी नायव उपरिक्षक डम्बर केसीले बताए। ट्रयाक्टरबाट खसेर कसरी मृत्यु भन्नेबारे जानकारी हुन नसकेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७५ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App