१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

झुठाे प्रतिवेदन तयार पार्ने दुर्इ डाक्टर विरुद्ध विशेष अदालतमा अाराेप पत्र दायर

काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा दोषी ठहर भएका दुई जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगले जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख (उपसचिव) लालबाबु साह  र जनकपुर अञ्चल अस्पताल, जनकपुरधाम, धनुषाका डा.भि.के.सिंह भनिने विजयकुमार सिंह र डा. रम्भा गोइत  विरुद्ध विशेष अदालतमा शुक्रबार आरोप पत्र दायर गरेको हो।

साहले विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैङ्कमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ४० हजार घुसबापतको रकम लिएका थिए। साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र सोही दफाको उपदफा ९१० को देहाय (ख) बमोजिम जरिवाना र कैद सजायकाे मागदावी सहित अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेकाे हाे।

यस्तै बलात्कृत बालिकाकाे स्वास्थ्य परिक्षण पश्चात गलत प्रतिवेदन तयार पारेकाे अराेपमा जनकपुर अञ्चल अस्पतालमा कार्यरत डा. सिंह र डा. गाेइतलाइ समेत देषी ठहर गर्दै विशेष अदालतमा अराेप पत्र दायर गरिएकाे अख्तियारले जानकारी दिएकाे छ। बालिकाको स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले संवेदनशील रुपमा न्यूनतम गर्नसक्ने र गर्नुपर्ने काम समेत नगरी चरम लापरवाही गरी अनुसन्धान कार्यलाई प्रभावित गर्ने किसिमले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको तथ्य पीडितको सिराहा जिल्ला अस्पतालमा पुन: गरिएको स्वास्थ्य परिक्षण प्रतिबेदनले प्रमाणित हुन आएको हुँदा उनीहरु विरुद्ध अराेप पत्र दायर गरिएकाे अख्तियारले जानकारी दिएकाे छ।

 

प्रकाशित: १६ कार्तिक २०७५ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App