१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फिल्म ‘फष्ट ब्लड’ ले जित्यो पहिलो पुरस्कार

ललितपुर- आर आर श्री स्कुल अफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड चलचित्र ‘फष्ट ब्लड’ले ‘सम्मानजनक महिनावारीका’ विषयमा गरिएको चलचित्र प्रतियोगितामा पहिलो पुरस्कार स्वरुप ५० हजार नगद हात पारेको छ। डेनमार्कस्थित गैह्र सरकारी संस्था डिसिए नेपालले आयोजना गरेको छोटो भिडियो प्रतियोगितामा अन्य आठ फिल्मलाई उछिन्दै फष्ट ब्लड प्रथम हुन सफल भएको हो। 

सम्मानजनक महिनावारीका विषयलाई उठान गर्नका लागि यो प्रतियोगिताको आयोजना गरिएको थियो। डिसिए नेपालका देशीय निर्देशक डेभिड वालेस स्मिथले यस्ता सामाजिक विषय उठानका लागि गरिएको यो महत्वपूर्ण प्रयास भएको बताए। उनले आगामी दिनमा पनि समाजका यस्ता महत्वपूर्ण विषयहरुलाई प्रतियोगिता तथा अन्य माध्यमबाट डिसिए नेपालले सदैव प्रमुखताका साथ उठान गरिरहने प्रतिबद्धता पनि व्यक्त गरे। डिसिए नेपालले गत वर्षदेखि विभिन्न सामाजिक विषयमा हरेक वर्ष छोटो चलचित्र प्रतियोगिता गर्दै आएको छ। 

रेवती गुरुङ्ग निर्दे्शित ‘राजवती’ ले दोश्रो पुरस्कार, आश्मा गौतम निर्दे्शित ‘शिखा मैनबत्तीको (रिईम्याजिन्ड) ले तेस्राे पुरस्कार हात पार्यो भने मधु खड्काको ‘ब्रेकिङ द स्टिग्मा’ले अडियन्स अवार्ड जित्न सफल भयो। विजेताहरुले प्रमाणपत्रको साथमा क्रमश रु ३०,०००, रु २०,००० र रु १०,००० प्राप्त गरे। 

“महिनावारी भएको महिलालाई रजोवति भनिने गरिदो रहेछ। हामीले यहि सामाजमा दैनिक घटिरहने घटनालाई चलचित्रमा उतारेका छौं,” रेवती गुरुङले बताइन। त्यस्तै आर आर श्री स्कुल अफ टेक्नोलोजीका रमेश मान श्रेष्ठले यो चलचित्र फष्ट ब्लड निर्माणका बेला आफ्ना महिला सहकर्मीसँग समय विताएर महिनावारीका बारेमा कुरा गरेर, यसले पारीरहेको मानसिक असरलाई उजागर गर्न खोजेको बताएका छन्। भने आश्मा गौतमले यस्ता प्रतियोगिताले ‘सामाजिक बिषयमा अझ धेरै चलचित्र बनाउन प्रोत्साहन गरेको’ बताइन्। 

आवेदन परेका फिल्म मध्यबाट नौं वटा फिल्म प्रतियोगिताका लागी छानिएको थियो। विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार विजेता निर्देशक दीपक रौनियार, मदन पुरस्कार विजेता लेखिका तथा महिला अधिकारवादी राधा पौडेल र पानी तथा सरसफाईका विज्ञ गुण राज श्रेष्ठ सम्मिलित ‘जुरी’को समुहले यी चार चलचित्रको छनौट गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०७५ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App