१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय संयोजकमा वैद्य नियुक्त

काठमाडौ– सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यलाई शुक्रवार मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको हो। 

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार २० लाख पर्यटन भित्र्याउने यो अभियानमा निजी क्षेत्रको सक्रिय सहभागिता तथा यो अभियानलाई प्रभावकारी बनाउने आवश्यक कार्यक्रमहरु सञ्चालनको संयोजन, समन्वय तथा सञ्चालनका लागि वैद्यलाई अभियानको कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा तीन वर्षका लागि नियुक्त गरिएको हो। 

समृद्ध नेपाल, सुखी नेपालीको नारासहित अघि बढिरहेको वर्तमान सरकारले २०७५/०७६ को नीति तथा कार्यक्रममा सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने गरी विशेष कार्यक्रमको रुपमा यसलाई अबलम्वन गरेको छ। 

प्रकाशित: १६ कार्तिक २०७५ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App