१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको चियापन सुरु

काठमाडौ– नेपाली कांग्रेसको चियापान कार्यक्रम सुरु भएको छ। कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान आयोजना गरेको हो। चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए्।

आमन्त्रित अथितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौड्याल महामन्त्री शशांक कोइराला, प्रकाशमान सिह, कोषध्यक्ष सितादेवि यादबलगायतले स्वागत गरिरहेका छन्।

कांग्रेसले आज काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ।

विसं २०३३ मा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कांगे्रसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ। आज साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रित गरिएको छ।

त्यसै गरी उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका विशिष्ट व्यक्ति, कांग्रेसका सदस्य एवं शुभेच्छुकलाई आमन्त्रित गरिएको छ। 

 

प्रकाशित: १६ कार्तिक २०७५ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App